केन्द्रीय संस्करण

बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु

person explore access_timeचैत २९, २०७७ chat_bubble_outline0

लन्डन । बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु भएको छ । गत अप्रिल ४ देखि अप्रिल १० सम्मको एक सातामा २५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

मृतक संख्यामा भने अघिल्लो साताको तुलनामा कुनै परिवर्तन नआएको स्वास्थ्य विभागले जनाएको छ । योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार ८० पुगेको छ ।

यसैगरी बितेको २४ घन्टामा २ हजार पाँच सय ८९ जना कोरोना संक्रमित थपिएका छन् । गएको एक हप्तामा १८ हजार ९७० जना संक्रमित थपिएका छन्  । यससँगै संक्रमितको कुल संख्या ४३ लाख ६८ हजार ४५ पुगेको छ । संक्रमित संख्या अघिल्लो हप्ताको तुलनामा ३२ प्रतिशतले ह्रास आएको हो ।  

३ करोड ९० लाख  बढी खोप वितरण

बेलायतमा कोरोना विरुद्धको खोप वितरण शुरु भएयता तीन करोड ९० लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ ।

स्वास्थ्य विभागद्वारा सार्वजनिक पछिल्लो तथ्यांक अनुसार हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ९० लाख १ हजार ५५४ डोज खोप वितरण भइसकेको छ ।

तीन करोड २० लाख १० हजार २४४ जनाले खोपको पहिलो र ६९ लाख ९१ हजार ३१० जनाले दोस्रो डोज समेत लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

बेलायतमा कोरोना विरुद्धको तिन छुट्टाछुट्टै कम्पनीको खोप वितरण गरिएको छ । यसअघि फाइजर बायोएनटेक र अक्सफोर्ड एक्सट्राजेनेका खोपको वितरण गरिंदै आएकोमा गत बुधबारबाट अमेरिकी कम्पनीद्वारा उत्पादित ‘मोडर्ना’ खोपको पनि वितरण शुरु गरिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.