शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिटीलाई लिड्सको झट्का, लिभरपुल विजयी

आइतबार, २९ चैत २०७७, ०८ : ००
आइतबार, २९ चैत २०७७

उपाधि होडमा रहेको म्यान्चेस्टर सिटीलाई १० खेलाडीमा सिमित लिड्स युनाइटेडले उसैको घरेलु मैदानमा पराजित गरेको छ । शनिबार भएको खेलमा लिड्स २–१ गोल अन्तरले विजयी बनेको हो ।

पहिलो हाफ सकिन ३ मिनेटअघि स्टुवर्ट डालासले लिड्सलाई अग्रता दिलाएका थिए । तर, इन्जुरी समयमा लिड्सले कप्तान लियाम कुपरलाई रातो कार्ड खाँदै बाहिरिएपछि लिड्स १० खेलाडीमा सिमित बन्न पुग्यो ।

खेलको ७६ औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै सिटीलाई खेलमा फर्काए । तर, दोस्रो हाफको इन्जुरी समयमा डालासले अर्को गोल गर्दै सिटीलाई स्तब्ध बनाए ।

पराजयपछि अब सिटीले चार सिजनमा तेस्रो लिग उपाधि जित्न बाँकी ६ खेलमा ११ अंक बटुल्न पर्नेछ । ३२ खेलपछि सिटीको ७४ अंक रहेको छ भने नवौँ स्थानमा रहेको लिड्सको ४५ अंक रहेको छ ।

उता, ट्रेन्ट अलेक्सान्डर आर्नोल्डले इन्जुरी समयमा गोल गर्दै लिभरपुललाई एस्टन भिल्लाविरुद्ध जित दिलाएका छन् । योसँगै एनफिल्डमा लिभरपुलको लगातार छैटौँ हारको शृङ्खालामा पूर्णविराम लागेको छ ।

पहिलो हाफको अन्त्यमा ओली वाटकिन्सले भिल्लालाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै मोहमद शलाहले लिभरपुललाई खेलमा फर्काए । खेलको अन्त्यमा अलेक्सान्डर आर्नोल्डले गोल गर्दै लिभरपुललाई महत्त्वपूर्ण तीन अक दिलाए ।

जीतपछि लिभरपुल लिगको पाँचौ स्थानमा उक्लिएको छ । ३१ खेलबाट लिभरपुलको ५२ अंक रहेको छ ।

शनिबार नै भएको अन्य खेलमा चेल्सीले क्रिस्टल प्यालेसमाथि गोलवर्षा गरेको छ । चेल्सीले प्यालेसमाथि ४–१ को जीत निकाल्न सफल भएको हो ।

चेल्सीलाई जीत दिलाउन क्रिस्टियन पुलिसिचले दुई तथा काई ह्याभर्टज र कर्ट जुमाले एक–एक गोल गरे । प्यालेसका लागि क्रिस्टियन बेन्टेकेले सान्त्वना गोल गरे । चेल्सी ५४ अंकसहित लिगको चौथो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप