भारतमा पछिल्लो २४ घण्टामा सर्वाधिक १ लाख ५२ लाख संक्रमित भेटिए
भारतमा कोरोनाको दोस्रो लहर दिन प्रतिदिन खतरनाक हुँदै गइरहेको छ । यहाँ शनिबार एक लाख ५२ हजार ५ सय ६५ जनामा कोरोना पुष्टि भएको छ । महामारीको सुरुवातपछि पहिलो पटक एकदिनमा यति धेरै बढी संक्रमितको पहिचान भएको हो । पछिल्लो २४ घण्टामा ९०,३२८ मानिस निको भएका छन् र ८३८ जनाको मृत्यु भएको छ । मृत्युको मामिलामा यस वर्ष दोस्रो पटक एक दिनमा ८ सय बढीभन्दा मानिसले ज्यान गुमाएका छन् । यसअघि ८ अप्रिलमा ८०२ जनाको मृत्यु भएको थियो ।
देशमा सक्रिय संक्रमित अर्थात् कोरोनाको उपचार गराइरहेका बिरामीको आँकडा पनि लगातार बढिरहेको छ । अघिल्लो दिन यसमा ६१, ३२९ को वृद्धि भएको छ भने सक्रिय संक्रमितको आँकडा ११ लाख २ हजार ३७० सम्म पुगेको छ ।
दिल्लीमा कोरोना संक्रमणको बढ्दो मामिलाका कारण नयाँ प्रतिबन्धको घोषणा गरिएको छ । यो ३० अप्रिलसम्म लागू हुनेछ । दिल्लीमा अब अन्तिम संस्कारमा अधिकतम २० र विवाह समारोहमा ५० जना मात्रै समावेश हुन सक्छन् ।
रेष्टुरेन्ट र बारले पनि अब आफ्नो सिटिङ क्यापेसिटीको ५० प्रतिशत क्षमतासहित काम गर्नेछन् । मेट्रोमा पनि एक कोचमा सिटिङ क्यापसिटीको ५० प्रतिशत मात्रै यात्रा गर्न पाउनेछन् । बसमा पनि एक समयमा ५० प्रतिशत क्षमताका साथै यात्रीले यात्राले गर्न सक्नेछन् । सिनेमा, थिएटर र मल्टिीप्लेक्स पनि ५० प्रतिशत क्षमतासहित चल्न पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगानिस्तानमा बाढीका कारण ७० जनाको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुने
-
यात्रुलाई कुटपिट गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
-
चर्चामा शिक्षामन्त्रीको टालेको सर्ट
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ
-
काठमाडौँ महानगरभित्र विद्यार्थी भर्ना शुल्क एक महिनाको भन्दा बढी लिन नपाइने