शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फुड डेलिभरी राइडर ज्योती मगर

आइतबार, २९ चैत २०७७, १० : १३
आइतबार, २९ चैत २०७७

काठमाडौंँ । स्टेज कार्यक्रममा सधै हट पफर्मेन्स साथ दर्शक अगाडि देखिँदै आएकी गायिका ज्योती मगर शनिबार भने भिन्न रुपमा देखिएकी छन् । शनिबार उनी फुड डेलिभरी राइडरको रुपमा दर्शकको घरघर पुगेकी थिइन् । गायिका मगरको हातबाट डेलिभरी सेवा पाउँदा ग्राहक समेत सरप्राइज भएका थिए ।

सधै मिडियामा देखेको गायिका आफ्नै अगाडि देख्दा ग्राहकहरुले उनीसँग सेल्फी र अटोग्राफ समेत लिए । सोही अवसरमा उनले खानेकुरा अर्डर गर्ने ग्राहकहरुलाई ‘फुडगन्ज’को तर्फबाट गिफ्ट ह्याम्पर पनि प्रदान गरेकी थिइन् ।

‘गायिका मगरले फुड डेलिभरीको अनुभव आफ्नो लागि नौलो रहेको बताइन् । कोभिडको समयमा सुरक्षित र सहज तरिकाले ‘फुडगन्ज’ले सेवा प्रदान गरेकोमा उनले खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘अनलाइनबाटै अर्डर र पेमेन्ट हुने भएकाले मानिसहरुको समयको पनि बचत हुन्छ । कोभिडको समयमा सुरक्षित रुपमा आफूले चाहेको जस्तो खानेकुरा पनि खान पाइन्छ ।’ ‘फुडगन्ज’ ले एक हिसाबले पून्यको काम नै ज्योतीको भनाई रहेको छ ।

ज्योती पनि पछिल्लो समय ‘फुडगन्ज’ जोडिएकी छन् ।

कोभिड–१९ को महामारी सुरु भएपछि नेपालमा ई–कमर्स कम्पनीको स्थापना हुने क्रम बढ्दै गएको छ । घरमै सेवा लिन सकिने भएकाले यसको लोकप्रियता बढ्दो क्रममा छ । अनलाइन अर्डर र अनलाइन पेमेन्टबाटै सेवा लिन सकिने र बजार जानु नपर्ने भएकाले यो व्यवसाय फस्टाएको हो ।

मोडल क्रिस्टिना थापाले पनि नेपाली बजारमा फस्टाउँदै गएको ई–कमर्स व्यवसायमा भविष्य देखेर लकडाउनको समयमा सञ्चालनमा ल्याएको ‘फुडगन्ज’ले यतिबेला ग्राहकको विश्वास जितिरहेको छ । ‘फुडगन्ज’ले विहान ७ बजेदेखि रातीको ३ बजेसम्म (२० घण्टा) राजधानीका २ सयभन्दा बढी होटल तथा रेस्टुरेन्टको भान्सामा पाक्ने खानेकुराहरु ग्राहकको घरसम्म पु¥याउने गरेको छ ।

एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोर र आइ.ओ.एस प्रयोगकर्ताले एप स्टोरबाट ‘फुडगन्ज’ डाउनलोड गरेर आफूलाई मन लागेको खानेकुराहरु अर्डर गर्न सक्ने संस्थाकी सिइओ क्रिस्टिनाले बताइन् । उनका अनुसार, आधा घण्टामा ग्राहकको अर्डर अनुसारको खानेकुरा घरसम्म पु¥याइनेछ । ‘फुडगन्ज’ ले पुलचोक र लाजिम्पाटमा आफ्नै किचेन समेत सञ्चालनमा ल्याएको छ, जसबाट ग्राहकले सस्तो र हाइजिनिक खानेकुरा पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप