बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फिल्म ‘हामी तीन भाइ’ बन्ने

आइतबार, २९ चैत २०७७, १० : १५
आइतबार, २९ चैत २०७७

काठमाडौंँ । फिल्म हामी तीन भाइ निर्माण हुने भएको छ । मधुसुदन भट्टराईको निर्देशन रहने फिल्मको शनिबार एक कार्यक्रममा बीच घोषणा गरियो ।

तीन दाजुभाईको कथामा निर्माण हुन लागेको फिल्मका लागि मुख्य अभिनेता सलोन बस्नेत छनौट भएका छन्, भने दुई अभिनेता छनौट हुन बाँकी रहेको छ ।

शिशिर राणा, बिकास चापागाईँ, सदिक्षा पाण्डे र नरेन्द्र केसीको समेत मुख्य अभिनय रहने फिल्म प्रसिद्धि सिने आर्टको ब्यानरमा निर्माण हुन लागेको हो ।

साजित महतको निर्माण रहने फिल्ममा हिमाल केसीको द्धन्द्ध, नरेन्द्रकुमार सिंहको छायाँकन, श्यामकृष्ण मानन्धरको संगीत, मनिष गौतम र रिवाज दाहालको लेखन रहनेछ । बिक्रम तामाङ कार्यकारी निर्माता रहेको फिल्म पारिवारिक कथामा प्रेमकथा मिसाएर निर्माण गर्न लागिएको हो ।

 

स्वर्गिय निर्देशक शिव रेग्मीले करिव डेढ दशक अगाडि यहि नामबाट फिल्म बनाएका थिए ।

केही कलाकार छनौटको क्रममा रहेकोले छनौट सकिने बितिक्कै फिल्म छायाँकनमा निस्कने निर्देशक भट्टराइले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप