मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

म्यान्मारमा सेनाको दमन बढ्दो, बागोमा ८० बढीको मृत्यु

आइतबार, २९ चैत २०७७, १० : २४
आइतबार, २९ चैत २०७७

म्यान्मारको बागो शहरमा सेनाले ८० भन्दा धेरै प्रदर्शनकारीको हत्या गरेको अभियन्ताहरुले जनाएका छन् । शुक्रबार सेनाले यहाँ प्रदर्शनकारीमाथि गोली चलाएको हो ।

सेनाले मृतकको शवलाई आफैं लिएर गएकाले मृत्यु हुनेको यकिन संख्या खुल्न सकेको छैन । हिंसा चर्किएपछि यस शहरबाट ठूलो जनसंख्या अन्यत्र सरेको छ । 

प्रत्यक्षदर्शीहरुका अनुसार सेनाले ठूला हतियारहरु प्रयोग गरेका थिए, उनीहरुले प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाए । फेब्रअरीमा सैनिक कु भएयता म्यान्मारमा जननिर्वाचित सरकार पुनस्र्थापित हुनुपर्ने मागसहित आन्दोलन जारी छ । यस प्रदर्शनका क्रममा ६ सयभन्दा धेैरे मारिएका छन् ।

पर्यवेक्षक संस्था राजनीतिक बन्दी सहयोग संघ (एएपीपी) का अनुसार मारिनेको संख्या योभन्दा धेरै हुनसक्छ । म्यान्मार नाउ न्युजले सेनाको यस बर्बरता जातिय नरसंहारजस्तै रहेको टिप्पणी गरेको छ । सैनिकहरुले छायाँ देखिएका हरेक ठाउँमा गोली चलाएको उसको टिप्पणी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप