शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोलकाता भर्सेस हैदरावाद आज : आईपीएलका दुई विदेशी कप्तान आमनेसामने

आइतबार, २९ चैत २०७७, १४ : ०८
आइतबार, २९ चैत २०७७

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार दुई पटकको च्याम्पियन कोलकाता नाइटराइडर्स र सन् २०१६ को विजेता सनराइजर्स हैदरावाद बीच भिडन्त हुँदैछ । नेपाली समयअनुसार साँझ ७ः४५ बजे चेन्नईको चेपक स्टेडियममा खेल खेलिनेछ ।

यस वर्ष आईपीएलमा दुई जनामात्र विदेशी कप्तान रहेका छन् । कोलकाताको कप्तानी इंग्ल्याण्डका इयोन मोर्गन र हैदरावादको कप्तानी अस्ट्रेलियाका डेविड वार्नरले सम्हालिरहेका छन् । पछिल्लो सिजन दुवै खेलमा कोलकाताले हैदरावादलाई पराजित गरेको थियो ।

पछिल्लो ५ सिजनमा हैदरावाद सबैभन्दा कन्सिस्टेन्ट टोली रहँदै आएको छ । यसपटक पनि हैदरावादलाई उपाधिको प्रमुख दाबेदार मानिएको छ । टोलीको ब्याटिङ लाइनअप आक्रमक त छँदैछ, उसको बलिङ लाइनअप पनि सशक्त रहेको छ । वार्नरको अगुवाइमा टोलीमा ‘बिग हिटर्स’ को संख्या धेरै छ । यसमा केन विलियमसन, जेसन रोय, जोनी ब्रेस्टो, मनिस पाण्डे, केदार जाधव र ऋद्धिमान साहा रहेका छन् । गत सिजन अब्दुल समद र अभिषेक शर्माले पनि राम्रो प्रदर्शन गरेका थिए ।

पछिल्लो पाँच सिजन हैदरावादले लगातार प्लेअफमा स्थान बनाउँदै आएको छ । सन् २०१५ यता वर्नरले टोलीलाई अगाडिबाट नेतृत्व गरिरहेका छन् । आईपीएलको लगातार ६ सिजन उनले ५ सयभन्दा बढी रन बनाउने एक्लो ब्याट्सम्यान हुन् । सन् २०१८ मा एक वर्षको प्रतिबन्धका कारण विलियमसनले टोलीको कप्तानी सम्हालेका थिए । टीम पहिले नै सशक्त भएका कारण यो सिजन टोलीले मात्र तीन जना खेलाडी किनेको थियो ।

त्यस्तै, हैदरावादको बलिङमा भुवनेश्वर कुमार, टी नटराजन, सन्दीप शर्माजस्ता डेथ ओभर स्पेसलिस्ट रहेका छन् ।

यता, कोलकाताको टोलीमा गत सिजनको तुलनामा निकै सन्तुलित देखिएको छ । टोलीले ८ शानदार खेलाडी खरिद गरेको छ । जसमा शकिब अल हसन, बेन कटिङ, करुण नायर र हरभजन सिंह सामेल छन् ।

दुई टोलीबीच १९ खेल भएकोमा कोलकाताले १२ र हैदराबादले ७ खेल जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप