शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

थप ३६७ जनामा संक्रमण पुष्टि, अधिकांश काठमाडौँ उपत्यकामा

आइतबार, २९ चैत २०७७, १६ : ४३
आइतबार, २९ चैत २०७७

काठमाडौँ । नेपालमा कोरोनाभाइरस संक्रमणदर उकालो लाग्ने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा थप ३६७ जनामा संक्रमण पुष्टि भएको छ । ३ हजार १२५ जनामा पीसीआर परीक्षण र ६९० जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ३०३ र ६४ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा थपिएका अधिकांश संक्रमित काठमाडौँ उपत्यकाका रहेका छन् । काठमाडौँमा १२८, ललितपुरमा १५ र भक्तपुरमा ११ जना संक्रमित फेला परेका छन् ।

बिहीबारदेखि १४ हजार ७३४ पीसीआर परीक्षण गर्दा १ हजार २६० संक्रमण पुष्टि भएको छ । यसअवधिमा ४९८ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २ हजार ९६१ सक्रिय संक्रमित रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप