बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फिजियोथेरापी परामर्श शुल्क निर्धारण, कसले कति लिन पाउँछन् ?

आइतबार, २९ चैत २०७७, १७ : ०५
आइतबार, २९ चैत २०७७

काठमाडौं । फिजियोथेरापिष्टहरुले सेवा शुल्क र परामर्श शुल्क   निर्धारण गरेका छन् । सरकारले फिजियोथेरापिष्टको मासिक तलब र सेवा शुल्क सम्बन्धमा कुनै निर्णय नगरे पनि नेपाल फिजियोथेरापी संघले सेवा शुल्क निर्धारण गरको हो । संघले निर्धारण गरेको शुल्क २०७८ बाट लागू हुनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फिजियोथेरापिष्टको मासिक तलब र सेवा शुल्क निर्धारण नगरुञ्जेल संघले निर्धारण गरेको शुल्क कायम रहने संस्थाले जनाएको छ ।

न्यूनतम सेवा शुल्क तथा न्यूनतम मासिक तलब फिजियोथेरापिष्टको योग्यता र अनुभवको आधारमा निर्धारण गरिएको छ । तलब निर्धारण गर्दा दैनिक ७ घण्टाको कार्यालय समय मानिनेछ । प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भई पाँच वर्षको अनुभव भएका फिजियोथेरापिष्टका लागि १८ हजारदेखि २५ हजारसम्म मासिक तलब पाउने छन् । यस्तै स्नातक तहसहित पाँच वर्ष अनुभव भएकाले ३० देखि ४० हजार र स्नातकोत्तर तह र पाँच वर्ष अनुभव भएकालाई ४० देखि ५५ हजारसम्मको मासिक तलब निर्धारण गरिएको सो संस्थाले जनाएको छ ।

परामर्श शुल्कको हकमा भने स्नातक तहसहित पाँच वर्ष अनुभव भएकाले ४ देखि ५ सय र स्नातकोत्तरसहित पाँच वर्ष अनुभव भएकाले ५–६ सय रुपैंया लिन पाउने संस्थाले जनाएको छ ।  न्यूनतम सेवा शुल्कको हकमा भने छोटो समयको उपचारमा संलग्न भएर ३ सय र लामो सत्र भए ५ सय तिर्नुपर्नेछ । बिरामीको घरमै पुगेर सेवा दिने फिजियोथेरापिष्टले न्यूनतम १ हजार रुपैंया लिन पाउनेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप