शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा बसको ठक्करबाट १ जनाको मृत्यु

आइतबार, २९ चैत २०७७, १७ : ५३
आइतबार, २९ चैत २०७७

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।  पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ९४१ नम्बरको बसले सोही दिशातर्फ गइरहेको लु २४ प ९७६८ नम्बरको मोटरसाइकललाई  ठक्कर दिँदा सो दुर्घटना भएको हो । मोटरसाईकलमा  सवार १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  घटनामा एक जना गम्भिर घाइते भएका छन् ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका अनुसार  दुर्घटनामा परी मोटरसाइकलका चालक प्यूठान जिल्लाको झिमरुक गाउँपालिका–१ सौतामारेका १८ वर्षका सञ्जय खनालको मुत्यु भएको छ । भने सोही ठाउँ कै  २० वर्षका फिरज क्षत्री गम्भिर घाइते भएका छन् । प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप