शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दियामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

आइतबार, २९ चैत २०७७, २२ : ४५
आइतबार, २९ चैत २०७७

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका–१ मा जङ्गली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ ।

गेरुवा गाउँपालिका–१ निवासी ६० वर्षीया भुन्टी बोहोराको बगुवा सामुदायिक जङ्गलको किनारमा आज बाख्रा चराउने क्रममा हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।

सो स्थानमा पछिल्लो समय जङ्गली जनावरको आक्रमण बढ्दो रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप