शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आईपीएलः कलकता नाइट राइडर्सद्वारा सनराइज हैदरावाद पराजित

आइतबार, २९ चैत २०७७, २३ : ३६
आइतबार, २९ चैत २०७७

एजेन्सी । जारी आइएपीएलको तेस्रो खेलमा कलकता नाइट राइडर्सले सनराइज हैदरावादलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा कलकता नाइट राइडर्सले सनराइज हैदरावादलाई १० रनले पराजित गरेको हो । 
चेन्नइको चेपक स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कलकताले २० ओभरमा ६ विकेट गुमाउँदै १८७ रन बनायो । 

जवाफमा ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ५ विकेट गुमाएर मात्र १७७ रन बनाउन सक्यो ।  यससँगै हैदराबादले कलकतासँग हारमा ह्याट्रिक पनि गरेको छ । पछिल्लो सिजनमा कलकताले दुई खेलमा हैदरावादलाई हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप