शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शान्तिनगर स्थित तरकारी बजारमा कुमारी बैंकको क्यूआर भुक्तानी सेवा शुरु

सोमबार, ३० चैत २०७७, १२ : ३८
सोमबार, ३० चैत २०७७

काठमाडौं । कुमारी बैंक लिमिटेडले तीनकुने शान्तिनगर स्थित तरकारी तथा फलफूल बजार पशुपति एग्रो मार्टमा क्यूआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ । 

कुमारी बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप राणा र पशुपति एग्रो मार्टका अध्यक्ष राजु कुमार खत्रीको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले उक्त क्यूआर कोड तरकारी व्यवसायीहरुलाई हस्तान्तरण गरे । 

कुमारी बैंकले नगद कारोबारको विकल्पमा आफ्नो मोबाइल एपमार्फत क्यूआर भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दै आईरहेको जनाएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले यस क्यूआर प्रणाली अन्तर्गतको भुक्तानीमा नगद बोक्नु नपर्ने, नगद हराउने÷चोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानी गर्न मिल्ने जस्ता फाइदाहरु रहेकाले यो सेवा उपयोगी हुने बताए । उनले व्यवसायीहरु हरेक दिन बिक्री गरिएको रकम जम्मा गर्न बैंक धाई राख्नुपर्ने तथा खुद्रा पैसा बोक्नु पर्ने झन्झटबाट पनि मुक्त हुने बताए ।

क्यूआर कोड भुक्तानी मर्चेन्टको संख्या र पहुँच दिनानुदिन बढ्दै गइरहेको हुनाले सो प्रणाली नगदरहित कारोबारको एक उत्कृष्ट र भरपर्दो माध्यम बन्ने बैंकले विश्वास लिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप