सिटिजन्स बैंकका ग्राहकहरुले किङ्गस लाउञ्जमा विशेष छुट
सोमबार, ३० चैत २०७७, १२ : ५७
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग स्थित किङ्गस् लाउञ्ज बीच सिटिजन्स बैंकका कार्ड बाहकहरुलाई विशेष छुट दिने समझदारी भएको छ । किङ्गस् लाउञ्जसँगको यो सहकार्य पश्चात् सिटिजन्स बैंकका कार्ड बाहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको जनाएको छ ।
साथै बैकले हालै डलर कार्डको सुरुवात पनि गरेको छ । जसअन्तर्गत ग्राहकहरुले आफ्नो सिटिजन्स बैैंकको खातामा रहेको नेपाली रूपैयाँलाई सटही गरी बार्षिक ५०० अमेरिकी डलर बराबरसम्मको रकम कार्डमा लोड गर्न सक्नेछन् । यसरी लोड गरिएको रकम बिदेशी मुद्रामा अनलाइनमार्फत वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्न प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बलमा १७ रन बनाउँदै आउट भए करण केसी
-
मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी
-
नेपालले सातौँ विकेट गुमायो, दुई रन बनाउँदै आउट भए सोमपाल
-
अर्धशतक बनाउँदै आउट भए सन्दीप जोरा
-
नेपालले पाँचौँ विकेट गुमायो, दीपेन्द्र पाँच रन बनाउँदै आउट भए
-
पासवर्ड बाँडेर चलाउन रोकेपछि बढ्यो नेटफ्लिक्सको मुनाफा