शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसीलाई संसद्को बिजनेस बनाउन एमाले सांसद्को माग, सभामुखले अड्काएको आरोप

सोमबार, ३० चैत २०७७, १९ : ५०
सोमबार, ३० चैत २०७७

काठमाडौँ । एमाले नेता खगराज अधिकारीले एमसीसी सम्झौतालाई संसद्मा बहस तथा छलफलका लागि पेस गर्न माग गरेका छन् । लामो समयदेखि एमसीसीलाई अड्काउने काम भइरहेको बताउँदै उनले यसलाई संसद्को बिजनेस बनाउन माग गरेका हुन् ।

अधिकारीले काँग्रेस र माओवादीको संयुक्त सरकार हुँदा सम्झौता गरिएको एमसीसी सभामुखकोमा थन्किएर बसेको आरोप लगाए । उनले अरु विषय कार्यव्यवस्थामा छलफल भए पनि एमसीसीबारे छलफल नभएकोमा असन्तुष्टि व्यक्त गरे । 

उनले भने, ‘सत्ता बाहिर हुँदा एमसीसीलाई राष्ट्रिय हितको विषय बनाइन्छ । सत्तामा हुँदा यसलाई जुवाको खालमा राखेझैँ गरिन्छ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप