शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस नेतृ पुष्पा भुसालले सोधिन्- चुच्चे नक्सा खोइ ?

सोमबार, ३० चैत २०७७, १९ : ४८
सोमबार, ३० चैत २०७७

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ एवं प्रतिनिधिसभा सदस्य पुष्पा भुसाल गौतमले सरकारसँग चुच्चे नक्साबारे प्रस्ट पार्न माग गरेकी छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको विशेष समयमा उनले राष्ट्रियता देखाउने र चुच्चे नक्सा हराउने अचम्मको भूमिकामा सरकार देखिएको बताइन् ।

राष्ट्रपतिले विभूषणका रुपमा प्रदान गरेको पदकमा चुच्चे नक्सा नभएर बुच्चे नक्सा राखिएको भन्दै उनले आपत्ति प्रकट गरिन् । यही सदनले सर्वसम्मत रुपमा पारित गरेको नक्सा, संसदले सरकारलाई कार्यान्वयनमा ल्याउन निर्देशन पनि दिएको नक्साको साटो सरकारले विभूषणमा पुरानै नक्सा प्रयोग गरेको भन्दै उनले यसबारे सरकारले सदनलाई जानकारी दिनुपर्ने बताइन् ।

सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउन पहलसमेत नगरेको भन्दै उनले पाठ्यक्रममा नयाँ नक्सा समावेश गर्न खोज्दा पनि सरकारले रोकेको आरोप लगाइन् । ‘सरकारले गम्भीर भुल गरेको छ । त्यसको नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिने कि नलिने ?’ उनले प्रश्न गरिन् ।

सरकारले संसदमाथि पूर्वाग्रही टिप्पणी गर्न थालेको उनको भनाइ छ । एकातिर एमसीसी पास गर्न दिएन भन्दै संसदमाथि आरोप लगाउने, अर्कोतिर सरकारले नै एमसीसी सम्झौतालाई संसदमा टेबल नगराएको भन्दै उनले सरकारलाई उक्त सम्झौता टेबल गर्न चुनौती दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप