बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसका वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

सोमबार, ३० चैत २०७७, १९ : २९
सोमबार, ३० चैत २०७७

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पारिवारिक शोकमा परेका छन् । उनको माइला भाइ गोविन्दराज पौडेलको ७५ वर्षको उमेर आज चितवनको रत्न नगरस्थित आफ्नै निवासमा निधन भएको हो । 

व्यास नगरपालिकाको २९ औं पदस्थापन दिवसको कार्यक्रममा प्रमुख अतिथि रहेका वरिष्ठ नेता पौडेल भाइको निधनको खबर पाएलगत्तै चितवन गएका छन् । उनले सामाजिक सञ्जालमार्फत भाइको निधनले आफु एक्लो भएको  उल्लेख गरेका छन् । ‘नाताले भाइ भए पनि मेरो साथी जस्तै गरी सबै कुरामा साथ सहयोग पाउँदै आएको थिए । राजनीतिक जीवनकालमा सधैँ सहयोगी भूमिका निर्वाह गर्दै आएका भाइको निधनबाट मैले आफूलाई एक्लो महसुस गरेको छु”, नेता पौडेलले शोक सन्देशमा उल्लेख गरेका छन् ।

पौडेलको निधनप्रति नेपाली काँग्रेस तनहुँले दुःख व्यक्त गरेको छ । पार्टीका जिल्ला सभापति बैकुण्ठ न्यौपानेले असल अभिभावक गुमाउनुपर्दा पार्टी र समाजलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् । स्व.पौडेलका श्रीमती बन्दना, छोरा अनिल तथा छोरीद्वय शान्ता हुमागाईं र कान्ता हुमागाईं रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप