शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वाई वाई नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक, क्यानलाई ७० लाख प्रदान

सोमबार, ३० चैत २०७७, १९ : ३१
सोमबार, ३० चैत २०७७

काठमाडौं । नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीलाई मुख्य प्रायोजन गर्न नेपाल क्रिकेट संघ (क्यान) र चौधरी ग्रुपबीच सम्झौता भएको छ । 

राजधानीमा भएको एक कार्यक्रममा क्यानका तर्फबाट अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका तर्फबाट प्रबन्ध निर्देशक निर्वाण चौधरीबीच सम्झौता पत्रमा हस्ताक्षर भयो । सम्झौता पश्चात चौधरी ग्रुपले क्यानलाई ७० लाख रकम प्रदान गर्नेछ । हरेक दुई वर्षमा १० प्रतिशत वृद्धि हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी दियो ।

सम्झौतापछि नेपाली उमेर समूहको टोलीलाई अब वाई वाई नेपाल यू–१९ क्रिकेट टिम भनिनेछ । सम्झौता पछि चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले फेरि क्रिकेटसँग जोडिन पाउँदा खुशी लागेको बताए ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले वाई वाईको सहयोगले नेपाली क्रिकेटलाई यहाँसम्म आइपुगेको र नयाँ सम्झौताबाट नेपाली क्रिकेटले पुन उचाई लिनेमा विश्वास व्यक्त गरे । क्यान क्रिकेट निर्देशक विनोद दासले सम्झौता बापतको रकम यू–१९ क्रिकेटको जिल्ला छनोटदेखि राष्ट्रिय प्रतियोगितासम्म खर्च हुने जानकारी दिए । यू–१९ महिला क्रिकेट टिमको सम्झौताबारे पनि छिट्टै टुङ्गो लाग्ने निर्देशक दासले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप