बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राजधानीको नयाँ बसपार्क क्षेत्रबाट अपराधिक कार्यमा संलग्न ३ जना पक्राउ

सोमबार, ३० चैत २०७७, २० : ४१
सोमबार, ३० चैत २०७७

प्रहरीले राजधानीको नयाँ बसपार्क क्षेत्रबाट आपराधिक कार्यमा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मकवानपुर घर भइ बूढानीलकण्ठ बस्ने निमा लामा, नुवाकोट घर भएका प्रकाश तामाङ र धादिङ घर भएका विनोद लामा रहेका छन् । 

आइतबार राति उनीहरुले  होहल्ला गरी साधारण मानिस , महिला तथा बालबालिकाहरूलाई अश्लिल गाली गलौज तथा डर त्रास धाक धम्की दिई अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ । 

यससम्बन्धी सूचना प्राप्त हुना साथ महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट​ खटिएको टोलीले उनीहरुलाई पक्राउ गरी अभद्र व्यवहार गर्न नहुने सम्बन्धि कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप