नक्कली सुनको ढिक्का देखाई सक्कली सुन लुट्ने २ जना प्रहरीको फन्दामा
नक्कली सुनको ढिक्का देखाई सक्कली सुन लुट्ने कार्यमा संलग्न २ जनालाई प्रहरी तनहुँ प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो व्यास नगरपालिका वडा नम्बर ३ ट्राफिक चोकमा म्याग्दे गाउँपालिका १ धरादी बस्ने सेतीमाया राना मगरलाई नक्कली सुनको ढिक्का देखाएर सक्कली सुन लुटपाट भएको थियो ।
रानालाई एकान्त स्थानमा लगी उनले कानमा लगाएको डेढ तोलाको बेरुवा रिङ १ जोर, घाटीमा लगाएको ७ लालको सुनको तिलहरी र साथमा रहेको नगद सहित एक लाख अन्ठाउन्न हजार एक सय पचास रुपैयाँ बरावरको ठगी तथा लुटपाट गरेको आरोपमा जिल्ला धादिङको गंगा जमुना गाउँपालिका वडा ४ घर भई हाल पोखरामा बस्ने शम्शेर सुनार र धादिङकै सेर्तुङ घर भइ पोखरामा बस्ने प्रेम तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई थप अनुसन्धानको लागी तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई ठगी सम्बन्धी कसुर मुद्दा शिर्षकमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
-
दोस्रो जनआन्दोलनले गर्भे टुहुरो बनायो विजयराज पाण्डेलाई
-
राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह