शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चालु खाता रु.१४८ अर्ब ६८ करोडले घाटामा

सोमबार, ३० चैत २०७७, २१ : ३३
सोमबार, ३० चैत २०७७

सरकारको चालु खाता रु.१४८ अर्ब ६८ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.११९ अर्ब ७० करोडले घाटामा रहेको थियो । आर्थिक वर्ष २०७७÷७८ को आठ महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ शीर्षकको राष्ट्र बैंकको रिपोर्टमा अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २७ करोडले घाटामा रहेको छ । 

यस्तै समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६.८ प्रतिशतले वृद्धि आई रु.११ अर्ब ९१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३४.८ प्रतिशतले कमी आई रु.१० अर्ब १८ करोड कायम भएको छ । 
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.११ अर्ब १५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१५ अर्ब ६१ करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.६८ अर्बले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.३७ अर्ब ८४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३३ करोड १२ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप