बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

२९ अर्ब २१ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति

सोमबार, ३० चैत २०७७, २१ : ३५
सोमबार, ३० चैत २०७७

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा चालु आर्थिक वर्षको फागुनसम्ममा सूचीकृत ५ अर्ब ६१ करोड शेयरको चुक्ता मूल्य रु. ५५१ अर्ब ६८ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । 

आर्थिक वर्ष २०७७/७८ को आठ महिनासम्ममा रु. १ खर्ब ५० अर्ब बराबरको विकास ऋणपत्र, रु. ३५ अर्ब ३७ करोड बराबरको साधारण शेयर, रु.२८ अर्ब ७६ करोड बराबरको बोनस शेयर, रु.१० अर्ब ५ करोड बराबरको डिबेन्चर, रु. ३ अर्ब २८ करोड बराबरको हकप्रद शेयर र रु. १ अर्ब ८५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु. २ खर्ब २९ अर्ब ३१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको पनि बैंकले जनाएको छ । 

यस्तै समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु. ११ अर्ब ५९ करोड बराबरको साधारण शेयर, रु. ११ अर्ब ८४ करोड बराबरको डिबेन्चर, रु. ३ अर्ब ३० करोड बराबरको म्युचुअल फण्ड र रु. २ अर्ब ४८ करोड बराबरको हकप्रद शेयर गरी कुल रु.२९ अर्ब २१ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको आर्थिक वर्ष २०७७÷७८ को आठ महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ शीर्षकको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप