पञ्जाबद्वारा २ सय २२ रनको विशाल लक्ष्य प्रस्तुत
इन्डियन प्रिमियर लिग (आईपीएल) को चौँथो खेलमा पञ्जाब किंग्सले राजस्थान रोयल्ससामु २ सय २२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । २० ओभरमा ६ विकेटको क्षतिमा पञ्जाबले २ सय २१ रन बनाएको हो ।
पञ्जाबका लागि कप्तान केएल राहुले सर्वाधिक ९१ रनको योगादन दिए । निकै विष्फोटक ब्याटिङ गरेका उनले ५० बलमा ७ चौका र ५ छक्का हिर्काए । त्यस्तै, सन्दीप हुड्डाले २८ बलमा ६४ रनको धुँवादार पारी खेले । उनले ६ छक्का र ४ चौका हिर्काए । क्रिस गेलले २८ बलमा ४० रन बनाए ।
राजस्थानका लागि चेतक सकारियाले ३ विकेट लिए । यस सिजनका सबैभन्दा महँगो खेलाडी क्रिस मोरिसले २ विकेट लिए । राजस्थानले पछिल्लो सिजन दुवै खेलमा पञ्जाबलाई हराएको थियो । दुई टोलीबीच हालसम्म २१ खेल भएको छ । जसमा राजस्थानको टोली पञ्जाबमाथि हाबी हुँदै आएको छ । राजस्थानले १२ खेल जित्दा पञ्जाबले ९ खेल जितेको छ । गत सिजन पञ्जाब छैटौँ र राजस्थान आठौँ स्थानमा सिमित बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपेडिया नाकामा थन्किएको ‘ड्रिलिङ’ मेसिनको सामान छुट्न सुरु, तीनवटा ट्रक सुर्खेत पुगे
-
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आगामी सोमबार विश्वासको मत लिने
-
‘ईश्वर’ आगामी वर्षको मङ्सिरमा रिलिज हुने
-
यी हुन् कांग्रेसका आदिवासी जनजाति विभागमा मनोनीत १० सदस्य
-
प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन
-
सूर्याको हातमा आयो अर्को ठुलो फिल्म