शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनचाँदी व्यवसायी हत्या प्रकरण : दोषीमाथि कारवाहीको माग

सोमबार, ३० चैत २०७७, २२ : ११
सोमबार, ३० चैत २०७७

नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश कमिटीले सरकारसँग व्यवसायीहरुको सुरक्षाको माग गरेको छ । सुनचाँदी व्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष रामजी साहले सोमबार एक प्रेस विज्ञप्ति प्रकाशित गरि विभिन्न तीन बुँदे माग गरेका हुन्।

गत शनिवार राति सिरहाको लहान २३ स्थित अमिता ज्येलर्सका संचालक ४० बर्षीय प्रदीप विश्वकर्माको हत्या भएपछि महासंघले सरकारको गम्भीर ध्यानाकर्षण जनाउँदै व्यवसायीको सुरक्षाको माग गरेको हो ।

मृतक परिवारलाई क्षतिपूर्ति , घटनामा संलग्न दोषीलाई कार्वाही र व्यवसायीको सुरक्षा गर्न सरकारले तत्काल पहल गर्नुपर्ने  माग विज्ञप्तिमा गरिएको  छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप