बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

घाँस काट्न गएका महिलाले चितुवा देखेपछि....

सोमबार, ३० चैत २०७७, २२ : ५६
सोमबार, ३० चैत २०७७

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ शेरा सामुदायिक वनबाट आज चितुवा नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालय तनहुँले उक्त सामुदायिक वनबाट चितुवा नियन्त्रणमा लिएको हो । 

कुमालगाउँका महिलाहरुले वनमा घाँस काट्न गएको बेला चितुवा देखेका थिए । महिलाहरुले चितुवा देखेपछि डिभिजन वन कार्यालयमा खबर गरेका थिए । डिभिजन वन कार्यालयबाट खटिएको टोलीले उक्त चितुवा नियन्त्रणमा लिएको कार्यालय प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।

अन्दाजी ३५/४० केजी रहेको उक्त चितुवा वृद्धावस्थाको छ ।  तनहुँका विभिन्न भागमा चितुवाको त्रास छ । चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँका दश बालबालिकाले ज्यान गुमाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप