केन्द्रीय संस्करण

आईपीएलमा चम्किए सञ्जु सामसन, शतकीय इनिङ खेले पनि हार भने टरेन

person explore access_timeचैत ३१, २०७७ chat_bubble_outline0

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएलमा राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनले उत्कृष्ट प्रदर्शन गरेका छन् । सोमबार राति सम्पन्न पञ्जावविरुद्धको खेलमा उनले विस्फोटक ब्याटिङ गर्दै शतकीय इनिङ खेलेपनि टीमको हार भने टार्न सकेनन् । 

निकै रोमाञ्चक खेलमा पञ्जाब किंग्सले ४ रनको रोमाञ्चक जित निकालेको छ । खेलमा अन्तिम ओभरको एक बल बाँकी रहँदा जितका लागि राजस्थानलाई ५ रनको आवश्यकता थियो तर अन्तिम बल त्यसै खेर गयो र नतिजा पञ्जावको पक्षमा पुग्यो । 

खेलमा उत्कृष्ट प्रदर्शन गरेका सञ्जुले ७ छक्का र १२ चौकासहित ११९ रनको योगदान दिए । उनले ६३ बलको सामना गरेका थिए ।  कप्तानको रुपमा उनले पहिलो खेलमै सतकीय इनिङ खेलेका हन् ।  मुम्बईको वानखेडे स्टेडियममा  भएको खेलमा पञ्जाबले राजस्थान रोयल्ससामु २ सय २१ रनको विशाल प्रस्तुत गरेको थियो  । २० ओभरमा ६ विकेटको क्षतिमा पञ्जाबले २ सय २१ रन बनाएको थियो । 

पञ्जाबका लागि कप्तान केएल राहुले सर्वाधिक ९१ रनको योगदान दिए । निकै विष्फोटक ब्याटिङ गरेका उनले ५० बलमा ७ चौका र ५ छक्का हिर्काए । त्यस्तै, सन्दीप हुड्डाले २८ बलमा ६४ रनको धुँवादार पारी खेले । उनले ६ छक्का र ४ चौका हिर्काए । क्रिस गेलले २८ बलमा ४० रन बनाए ।  राजस्थानका लागि चेतक सकारियाले ३ विकेट लिए । यस सिजनका सबैभन्दा महँगो खेलाडी क्रिस मोरिसले २ विकेट लिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.