आईपीएल प्रिभ्यू : मुम्बई र कोलकाता आज भिड्दै
इन्डियन प्रिमियर लिग (आईपीएल) को पाँचौ खेलमा आज मुम्बई इन्डियन्स र कोलकाता नाइराइडर्सबीचको खेल हुँदैछ । चेन्नईको चेपक स्टेडियममा साँझ नेपाली समयअनुसार ७ः४५ बजे खेल हुनेछ ।
कोलकाताले आइतबार रोमाञ्चक खेलमा सनराइजर्स हैदराबादलाई रोमाञ्चक खेलमा १० रनले हराएको थियो । कप्तान इयोन मोर्गन आफ्नो जीतको लयलाई कायम राख्न मैदानमा उत्रनेछन् । उता, मुम्बईसँग कोलकातालाई लगातार चौथो खेलमा पराजित गर्ने मौका रहेको छ । गत सिजन दुवै खेलमा मुम्बईले कोलकातालाई हराएको थियो । पहिलो खेलमा मुम्बईलाई रोयल च्यालेन्जर्स बैंग्लुरुले २ विकेटले हराएको थियो ।
हेड टु हेड रेकर्डमा दुई टोलीबीच हालसम्म २७ खेल भएका छन् । यसमध्ये मुम्बईले २१ वटामा जीत हासिल गरेको छ भने कोलकाताले मात्र ६ वटा खेल जितेको छ ।
साबिक विजेता मुम्बईले सर्वाधिक ५ पटक आईपीएलको उपाधि जितेको छ भने कोलकाताले २ पटक उपाधि जितेको छ । यद्यपि, पछिल्ला दुई सिजन टोली प्लेअफमा पुग्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा राजस्थानको लगातार दोस्रो जित, दिल्ली १२ रनले पराजित
-
सिभिल अस्पतालमा ‘फेल’ भएका कर्मचारी ८६ दिनदेखि आन्दोलनमा, के गर्दैछ सरोकारवाला निकाय ?
-
देशका यी भूभागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध