‘हेर्देउ न मायाले’ भन्दै रजनीको पछि लागे विल्सन
मङ्गलबार, ३१ चैत २०७७, १२ : ११
काठमाडौँ । गायक तथा समाजसेवी नीमा तामाङको नयाँ गीत ‘हेर्देउन मायाले’को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा भद्रकला आङबुहाङ राईको शब्द रहेको छ ।
बादल लिम्बुको संगीत रहेको गीतको भिडियोमा मा युवायुवतीबीचको प्रेम र आकर्षण देखाउन खोजिएको छ । भिडियोमा विल्सनविक्रम राई (तक्मे बुढा), रजनी गुरुङ , नीमा तामाङ, सुजन राई र विशाल लिम्बुलगायतको अभिनय देख्न सकिन्छ ।
पाँचथरमा छायाँकन गरिएको भिडियोमा मनोज कार्कीको सम्पादन र विल्सन विक्रम राईको कोरियोग्राफी छ । भिडियो किरण राईको छायाँंकन र निर्देशन रहेको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण