शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सागरले ल्याए ‘संघर्ष’, भिडियोले  देखाउँछ काठमाडौंमा संघर्ष गर्नेको व्यथा

मङ्गलबार, ३१ चैत २०७७, १४ : ११
मङ्गलबार, ३१ चैत २०७७

काठमाडौं । गायक सागर कुवँरले ‘संघर्ष’ बोलको र्याप गीत सार्वजनिक गरेका छन् । भरतपुरका सागर विगत ५ वर्षदेखि अस्ट्रेलियामा बसोबास गरिरहेका छन् ।  मानिसले संघर्ष गर्नेक्रममा भोगेका पीडालाई प्रेरणाका रुपमा लिनुपर्ने सन्देश उनले यस गीतबाट प्रवाह गर्न खोजेका छन् । सपनालाई पूरा गर्नका लागि संघर्ष अनिवार्य रहेकाले यसबाट विचलित हुन नहुने सन्देश उनले भिडियोमार्फत पनि दिएका छन् । गीतको भिडियो काठमाडौं छिरेको एक व्यक्तिको संघर्षमा केन्द्रीत छ । 

भिडियोको सम्पादन तथा निर्देशन अनुप राईले गरेका हुन् । त्यस्तै, गीतको मिक्सिङ र मास्टरिङ मिस्ट चाम्ब्लिङले गरेका छन् ।  भिडियोमा सागर कान्छोले अभिनय गरेका छन् भने डिओपी रविन लामाले कलरिस्टको काम समेत गरेका छन् । त्यस्तै, हिमाल खड्का र कर्मा लामाले गीतको छायाँकन गरेका छन् । यस भिडियोमा मेकअप को काम मन्जिला मानन्धरले गरेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप