पत्नीको हत्या गरेर भागेका आरोपी इन्टरपोलको सहयोगमा युएईबाट पक्राउ
काठमाडौं । इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले ज्यान मुद्दाका फरार प्रतिवादीलाई युएईबाट पक्राउ गरेको छ । इन्टरपोलबाट रेड नोटिस जारी भएका तेह्रथुम आठराई गाउँपालिका–४ तीन सल्ले घर भएका काजीमान पुरीलाई युएईबाट नेपाल ल्याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काजिमानमाथि २८ वर्षीया पत्नी बिन्दा पुरीको हत्या गरेको अरोप छ ।
काजिमानलाई लिन प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाको टोली युएई गएको थियो । पत्नी हत्या गरेर विदेश भागेपछि नेपाल प्रहरीको आग्रहमा गत असोजमा इन्टरपोल सचिवालयले उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।
काजिमानलाई अहिले गौशाला प्रहरीको हिरासतमा राखिएको छ । उनलाई आवश्यक कारवाहीका लागी तेह्रथुम पठाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । युएईमा पक्रेर मंगलबार बिहान उनलाई काठमाडौं ल्याइएको हो । ०७६ चैतमा उनले पत्नी विन्दाको हत्या गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ