शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रवि लामिछानेको सक्रियतामा बनेको अस्पताल सञ्चालनमा

मङ्गलबार, ३१ चैत २०७७, १६ : ४१
मङ्गलबार, ३१ चैत २०७७

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने लगायतको सक्रियतामा कालिकोट जिल्लामा बनेको रास्कोट सामुदायिक अस्पताल सञ्चालनमा आएको छ ।  रास्कोट नगरपालिकामा आजदेखि सञ्चालनमा आएको सो अस्पतालको उद्घाटनका लागि लामिछाने कालीकोट पुगेका छन् ।

१५ शैया रहने सो अस्पतालमा एमबिबिएस चिकित्सकले सेवा दिने बताइएको छ । अस्पतालमा आकस्मिक सेवाका लागि ५ शैया राखिएको छ । देश विदेशमा रहेका नेपालीहरुको तर्फबाट उठेको सहयोग ६ करोड २२ लाख रुपैयाँमा अस्पताल भवन बनेको हो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप