शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आकाशले ल्याए नयाँ र्‍याप भिडियो

मङ्गलबार, ३१ चैत २०७७, १८ : २९
मङ्गलबार, ३१ चैत २०७७

काठमाडौं ।  लामो समयदेखि संगीतमा सक्रिय आकाश ढुंगेल (ए–क्यास)ले आफ्नो नयाँ म्युजिक भिडियो ‘सिगरेट’ ल्याएका छन् । यस गीतमा उनले प्रेममा विक्षिप्त बनेको एक युवाको चर्चा गरेका छन् । यसको लेखन तथा प्रस्तुति दुवै आकाशकै हो । 

भिडियोको छायाँकन, सम्पादन र निर्देशन अभियान थापा (एट अब्बोय) ले गरेका छन् । मिस्टा ब्लिङले यस गीतको मिक्सिङ गरेका छन् । त्यस्तै मेक मनी रेकर्डस्का कलाकारहरुले गीतमा प्रस्तुति दिएका छन् । 
यस भिडियोको निर्माण मेन्नी म्यानहट्टन र  अहमद सलाह अल फलाहीले गरेका छन् । साकार शाही, पसी शेर्पा, अनि, कान्छु, श्रीजन, रोशन र हिमांशले पनि निर्माण कार्यमा सहयोग गरेका छन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप