कोरोनाविरुद्धको दोस्रो चरणको खोप वैशाख ७ देखि लगाइने
मङ्गलबार, ३१ चैत २०७७, १८ : ३६
काठमाडौँ । पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाएकाहरुलाई आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज लगाइने भएको छ । गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक र वित्तीय संस्थाका कर्मचारी लगायतलाई दोस्रो डोजको खोप लगाइने सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
खोप अभियान देशभर सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश १ र लुम्बिनीका केही ठाउँमा भने खोपको दोस्रो मात्रा लगाइसकिएको छ । पहिलो चरणमा कोरोनाविरुद्धको कोभिशिल्ड खोप ४ लाख ३८ हजार ८ सय ७९ जनाले लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद