शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

घर सजावट गर्न अब बजारमा सिल्क प्लास्टर

मङ्गलबार, ३१ चैत २०७७, १९ : ०७
मङ्गलबार, ३१ चैत २०७७

काठमाडौं । घर तथा कार्यालयको भित्तालाई आकर्षक तरिकाले सजावट सकिने गरी मैनाली विजनेस कन्सर्न (एमबिसी) प्रालिले सिल्क प्लास्टर ल्याएको छ । घरको बाह्य तथा आन्तरिक सज्जामा नयाँपन दिनका लागि यस्तो प्रविधि ल्याइएको एमबिसीका प्रबन्ध निर्देशक कोमल मैनालीले बताए । 

केही वर्षदेखि नै कम्पनीले युरोपबाट सिल्क प्लास्टर नेपाली बजारमा भित्र्याइरहेको उनले बताए । ‘झट्ट हेर्दा वाल पेपरजस्तो देखिने भएकाले यसलाई लिक्विड वाल पेपर पनि भन्ने गरिन्छ । बजारमा वाल पेपरको विकल्पमा सिल्क प्लास्टर बढी रुचाइएको छ,’ निर्देशक मैनालीले भने । 

सामान्य कलरहरुभन्दा केही महंगो भएपनि यसका धेरै फाइदा रहेको उनले दाबी गरे । ‘यो ग्रीन (नेचुरल) प्रोडक्ट हो अर्थात यसमा कुनै पनि किसिमको केमिकल प्रयोग भएको हुँदैन । यसलाई भित्तामा लगाउन एकदमै सजिलो छ । विभिन्न किसिमको सिमेन्टेड वाल, सिसा, काठ तथा प्लाइउडमा यसको प्रयोग गर्न सकिन्छ,’ उनले भने । 

केही हदसम्म साउन्ड प्रुफ र इकोलाई समेत सिल्क प्लास्टरले नियन्त्रण गर्ने मैनालीले बताए । यो प्लास्टरमा कोठाको तापक्रम नियन्त्रण गर्ने, आगोले झट्ट नसमाउने लगायत विशेषता रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप