शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेचर सुपर मार्केटको ‘न्यु इयर बिगेस्ट सेभिङ अफर’, चामल र तेलमा विशेष छुट

मङ्गलबार, ३१ चैत २०७७, १९ : १५
मङ्गलबार, ३१ चैत २०७७

काठमाडौं । नेचर सुपर मार्केटले नेपाली नयाँ वर्ष २०७८ को अवसरमा ‘बिगेस्ट सेभिङ अफर’ ल्याएको छ । अफर अन्तर्गत निलकमल ब्रान्डको सोयाबिन तेल र सनफ्लावर तेल तथा ग्यालेक्सी ११२१ जम्बो बासमती र ग्यालेक्सी प्रिमियम बास्मती चामलमा विशेष छुट प्रदान हुनेछ ।

निलकम सोयाविनमा प्रति लिटर ३३ रुपैयाँ र निलकमल सनफ्लावर तेल खरिदमा प्रति लिटर २३ रुपैयाँ ग्राहकले बचत गर्न सक्नेछन् । त्यसैगरी ग्यालेक्सी ११२१ जम्बो बासमती चामलको मूल्य एक केजीको २ सय ५६ रुपैयाँ पर्नेमा अफर मूल्य १ सय ७५ मात्रै कायम गरिएको छ । 

ग्यालेक्सी प्रिमियम बासमती २० केजीको मूल्य ३ हजार ३ सय ६० रुपैयाँ रहेकोमा अफर मूल्य २ हजार ६ सय ५० कायम गरिएको छ । यो चामलमा ग्राहकले ७ सय १० रुपैयाँ बचत गर्न सक्नेछन् । वैशाख १ गतेबाट लागु हुने यो अफर जेठ १ गतेसम्म जारी रहने अध्यक्ष जनकबहादुर धामीले जानकारी दिए । नेचर सुपर मार्केटले मैतीदेवी र नरेफाँटमा रहेका दुवै शाखाबाट यो विशेष अफर प्रदान गरिएको बताएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप