कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, पत्रकारको मृत्यु
मङ्गलबार, ३१ चैत २०७७, २२ : ४१
कपिलवस्तु । मंगलबार साँझ मोटरसाइकल दुर्घटनामा परेर कपिलवस्तुका पत्रकार नन्दराम पौडेलको निधन भएको छ । कपिलवस्तुको बाणगङ्गा नगरपालिका ८ मा उनी चढेको लु ५८६ प ६४४१ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किँदा पत्रकार पौडेलको मृत्यु भएको कपिलवस्तु प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीले बताए ।
४५ वर्षीय पौडेल बुद्ध आवाज साप्ताहिकका प्रधान सम्पादक थिए । पत्रिकाको सेटिङ्ग गरेर बुद्धभूमि ४ स्थित घर फर्किने क्रममा उनी दुर्घटनामा परेका हुन् । उनी बुटवलबाट प्रकाशित मेचीकाली दैनिकका सम्वाददाता र इन्सेकका कपिलवस्तु प्रतिनिधि समेत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै