हावाहुरीले रुख ढल्दा च्यापिएर एकजना गम्भीर घाइते
पोखरा । पोखरामा मध्यान्ह वर्षासहित चलेको हावाहुरीले रुख ढल्दा एक जना घाइते भएका छन् । मंगलबार साँझ ४ बजेपछि चलेको हावाहुरीले फूलबारीस्थित आर्मी ब्यारेकको गेट नजिकको रुख ढल्दा च्यापिएर धनबहादुर लामा घाइते भएका हुन् ।
घाइते भएका पोखरा १२ चापापानीका ५१ वर्षीय लामाको रानीपौवास्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । उनको टाउको र छातीमा गम्भीर चोट लागेपनि खतरामुक्त रहेको डिएसपी हमालले बताए । रुख ढल्दा त्यस ठाउँमा आधा दर्जन सवारी साधनमा क्षति पुगेको छ । रुख ढलेपछि लामो समय महेन्द्र पुल रानीपौवा सडक अवरुद्ध भएको थियो ।
नेपाली सेना र नेपाल प्रहरीले ढलेको रुख पन्छाएर सडक सुचारु गरेको थियो । हावाहुरी र चट्याङका कारण पोखरामा करिब ५ घण्टा विद्युत सेवा अवरुद्ध बनेको थियो । साँझ ४ बजेदेखि अवरुद्ध विद्युत सेवा राती साढे आठ बजे मात्र आएको थियो । लामो समयसम्म विद्युत सेवा अवरुद्ध हुँदा कास्की प्रहरीका सञ्चार सेवा पनि अवरुद्ध भएको प्रवक्ता हमालले जानकारी दिए । राती ८ बजेपछि भने सञ्चार सेवा सुचारु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ