नाबालकसँग यौन सम्पर्क गरेमा वयस्क महिलामाथि मुद्दा चलाउने निर्णय
काठमाडौं । वयस्क महिलाले १८ वर्षभन्दा कम उमेरका बालक वा बालिकासँग यौन सम्पर्क राखेमा मुद्दा चलाउने निर्णय गरिएको छ । महान्यायाधिवक्ताको कार्यालय व्यवस्थापन समितिले सो निर्णय गरेर त्यस्ता घटनामा वयस्क महिलाविरुद्ध मुद्दा अगाडी बढाउन सबै सरकारी वकिल कार्यालयलाई सर्कुलर गरेको हो । यसअघि महिलाले यौन दुरुपयोग गर्दैनन् भन्ने मान्यताका आधारमा वयस्क महिला र बालकको बीचमा करणी हुँदा बालकलाई बलात्कारको मुद्दा चलाउने गरिन्थ्यो ।
मुलुकी अपराध संहित–०७५ र बालबालिका सम्बन्धी ऐन–०७५ अनुसार महान्यायाधिवक्ताको कार्यालयले त्यस्तो निर्णय गरेको हो । निर्णय अनुसार १८ वर्ष पुगेकी युवतीले नाबालकसँग जबर्जस्ती करणी गरेमा उनीबिरुद्ध यौन दुरुपयोगको मुद्दा लाग्छ । महान्यायाधिवक्ताको कार्यालयको सो निर्णयसँग केटाले मात्रै बलात्कार गर्छन् भन्ने मान्यतामा ट्वीस्ट आएको छ ।
‘बालक र बालिका उपर पनि यौन दुरुपयोग गरेको उजुरी परेमा बयस्क महिला उपर मुद्दा चलाउने’ महान्यायाधिवक्ताको कार्यालय व्यवस्थापन समितीको निर्णयमा भनिएको छ ।
महान्यायाधिवक्ताको कार्यालयले अब अपराधको ठाउँमा कसुर र अपराधीको ठाउँमा कसूरदार शब्दावली प्रयोग गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, व्यक्तिबीचको ठगी मुद्दामा मिलापत्र गराउने निर्णय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान
-
गण्डकीको अर्थमन्त्री चुमान, दीपक मनाङे फेरि भौतिकमै
-
५१ दिनमा सकियो ‘मेयर’को छायाङ्कन
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय