केन्द्रीय संस्करण

पूर्वराजा ज्ञानेन्द्र शाहको भारत भ्रमण : राजाकै हैसियतमा केन्द्रीय मन्त्रीद्वारा सम्मान

person explore access_timeबैशाख १, २०७८ chat_bubble_outline0

काठमाडौं । गणतन्त्र नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाह सामान्य नागरिकको दर्जामा रहे पनि भारतमा उनलाई राजाकै हैसियतमा सम्मान दिइएको छ । धार्मिक भ्रमणको क्रममा भारतको उत्तर प्रदेशमा रहेका पूर्वराजा शाहलाई भारतका केन्द्रीय राज्यमन्त्री साध्वी निरञ्जन ज्योतिले राजाकै हैसियतमा सम्मान प्रकट गरेकी छन् ।

पूर्वराजा ज्ञानेन्द्रसँगको भेटका केही तस्विरसहित ट्वीट गर्दै भारतको ग्रामिण विकास राज्यमन्त्री साध्वीले उनलाई ‘राजा’ कै रुपमा सम्बोधन गरेकी छन् । मंगलबार उनले ट्वीट गर्दै लेखेकी छन्, ‘पतञ्जली योगपीठमा नेपाल नरेश श्री ज्ञानेन्द्र वीर विक्रम शाहजी एवं पूज्य सन्तवृन्दसँग पूज्य योगी श्री रामदेव र आचार्य बालकृष्णजीको पावन सानिध्यमा पतञ्जली योगपीठद्वारा आयुर्वेद क्षेत्रमा नवीन अनुसन्धान र सेवा कार्यको विषयमा जानकारी प्राप्त गर्ने अवसर मिल्यो ।’

राज्यमन्त्री साध्वीले मात्र होइन, योग गुरु रामदेवले पनि पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘राजा’ कै रुपमा सम्बोधन गरेका छन् । उनले पनि सोही भेटवार्ताको तस्विरसहित ट्वीट गर्दै भनेका छन्, ‘नेपालका राजा श्री ज्ञानेन्द्र वीर विक्रम शाहजीले आज पतञ्जली योगपीठमा आएर सेवा कार्यको अवलोकन गर्नुभयो ।’

रामदेवका सहयोगी एवं पतञ्जली योगपीठका सहसंस्थापक आचार्य बालकृष्णले पनि ज्ञानेन्द्र शाहलाई ‘नेपालका राजा’ नै भनेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.