बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिसिल्ड खोपको दोस्रो डोज : यस्ताे छ खोप लगाउन पाउने मिति र स्थान

बुधबार, ०१ वैशाख २०७८, २२ : ४७
बुधबार, ०१ वैशाख २०७८

 
काठमाडौँ — पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकालाई आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज लगाइने भएको छ । गत माघ १४ देखि फागुन १० सम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकमा र वित्तीय संस्थाका कर्मचारीलाई लगायतलाई दोस्रो मात्रा लगाइने सामाजिक विकास मन्त्रायलय स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  खोप अभियान देशभर सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले प्रदेश १, लुम्बिनीका केही ठाउँमा खोपको दोस्रो मात्रा लगाइसकेका छन् । पहिलो चरणमा कोरोनाविरुद्धको कोभिशिल्ड खोप ४ लाख ३८ हजार ८ सय ७९ जनाले लगाएका थिए ।   

खोप लगाउने स्थानहरु
१.चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, रत्नपार्क
२.परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, थापाथली
३.शुक्रराज ट्रपिकल तथा सरुवा राग अस्पताल, टेकु
४.निजामति कर्मचारी अस्पताल, मिनभवन
५.राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुर
६.नेपाल मेडिकल कलेज, अत्तरखेल
७.कठमाडौं मेडिकल कलेज, सिनामंगल
८.हिमाल अस्पताल, ज्ञानेश्वर
९.हिमाल अस्पताल, बौद्ध
१०.ह्याम्स अस्पताल, धुम्बाराही
११.त्रि.बि.बि. शिक्षण अस्पताल, महाराजगंज
१२.शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्र, बाँसबारी
१३.बिरेन्द्र अस्पताल, छाउनी
१४.नेपाल शशस्त्र प्रहरी अस्पताल, बलम्बु
१५.नेपाल प्रहरी अस्पताल, पानीपोखरी
१६.आम हस्पिटल एण्ड रिसर्च सेन्टर, चावहिल
१७.क्षेत्रपाटी निशुल्क चिकित्सालय, क्षेत्रपाटी
१८.जनमैत्री अस्पताल, बालाजु
२०.मदरल्याण्ड अस्पताल, जडिबुटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप