बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्युठान दुर्घटना : मृतकको संख्या पाँच पुग्यो

बुधबार, ०१ वैशाख २०७८, १४ : ४९
बुधबार, ०१ वैशाख २०७८

गुल्मी । प्युठानमा बुधबार बिहान भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार मृत्यु हुनेमा सुर्य पन्थी, यमलाल पन्थी, ईश्वरी भण्डारी, श्याम न्यौपाने र केशव कार्की छन् ।

गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप बुधबार बिहान स्वर्गद्वारी नजिकै दुर्घटना भएको हो । जिपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार थिए । मृतकमध्ये न्यौपाने जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत हुन् ।

यस्तै, मृतक सुर्य पन्थी कम्प्युटर अपरेटर, यमलाल पन्थी खरिदार हुन् भने केशव कार्की उक्त जिपका चालक रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप