शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विकृतिजन्य गतिविधिको अन्त्य जरूरी: मुख्यमन्त्री राउत

बुधबार, ०१ वैशाख २०७८, १४ : ५६
बुधबार, ०१ वैशाख २०७८

धनुषा । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले संस्कृति, सभ्यताको रक्षा र सामाजिक रूपान्तरणको अभियानलाई गतिशील बनाउनुपर्ने खाँचो औंल्याएका छन् । लोकपर्व जुडशीतलका अवसरमा जनकपुरधाम उपमहानगरपालिका वार्ड नं १७ मा सरस्वती क्रिकेट टीम र कनकपट्टी युवा क्लबद्वारा तेतरियामा  आज आयोजित जुडशीतल उत्सव र क्रिकेट प्रतियोगिताका शुभारम्भ गर्दै मुख्यमन्त्री राउतले ज्येष्ठ नागरिकको सम्मान गर्दै विकृतिजन्य गतिविधिको अन्त्य गर्नेतर्फ सबैको अग्रसरता आवश्यक रहेको बताए । 

अन्योल र अराजक स्थितिलाई परास्त गर्नु आजको आवश्यकता भएको चर्चा गर्दै उनले उत्साह, उमङ्ग, प्रगतिका बाधकहरूलाई निरूत्साहित गरी जीवनलाई सार्थक बनाउन क्रियाशील हुनुपर्ने धारणा राखे । नीति, योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा.भोगेन्द्र झाले नकारात्मक र असुर प्रवृत्तिलाई परास्त गर्दे प्राकृतिक सम्पदाको रक्षा गर्नु जरूरी रहेको बताए ।

मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले सामाजिक, आर्थिक रूपान्तरण, प्रादेशिक अधिकारको कार्यान्वयनका बाधक तत्वलाई हटाउने कार्यमा ऐक्यबद्धता आवश्यक रहेको बताए । प्रदेशसभा सदस्य रामआशीष यादवले माटो र पानीबिना मानवको परिकल्पना गर्न नसकिने भएकाले प्रकृतिसँग सम्बन्धित पर्वलाई जीवन्त राख्नु अपरिहार्य भइसकेको धारणा राखे । सो अवसरमा मुख्यमन्त्री राउतले ज्येष्ठ नागरिक डा.सोनफी यादव, जयशंकर महतो, जगदेव यादव, रामविलास साह, असर्फी साह, बिन्देश्वर यादव, गङ्गा मण्डल, मुस्लिम राइन, सोनफी साह, विष्णु यादव र योगेन्द्र साहलाई सम्मान गरेका थिए । वडाध्यक्ष परमेश्‍वर यादवको सभापतित्वमा भएको सो समारोहमा मुख्यमन्त्री राउतलगायत ज्येष्ठ नागरिकद्वारा सहभागीहरूलाई माटो टीका लगाई  शीरमा जल अर्पण गरी आशीर्वाद दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप