शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुलुकमा वैकल्पिक शक्तिको आवश्यकता छ : कमल थापा

बुधबार, ०१ वैशाख २०७८, १७ : ११
बुधबार, ०१ वैशाख २०७८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा वैकल्पिक शक्तिको आवश्यकता महसुस भएको बताएका छन् । राप्रपा काठमाडौं महानगरद्वारा बुधवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले मुलुकमा देखिएको बेथिति विरुद्ध लड्न वैकल्पिक शक्तिको आवश्यकता रहेको बताएका हुन् । अध्यक्ष थापाले भने, ‘अहिले मुलुकको ठुलो समस्या भनेको भ्रष्टाचार , बेरोजगारी ,धर्म परिवर्तन, कुशासन र सर्वसत्तावाद भएको भन्दै थापाले यसको निमित्त लड्न सक्ने वैकल्पिक शक्ति मुलुकले खोजिरहेको छ ।’

अध्यक्ष थापाले काङ्ग्रेस र कम्युनिस्ट असफल सावित भएको भन्दै सत्ता, स्वार्थ र भागबन्डाको लुछाचुँडीमा कारण मुलुक अस्थिरताको दलदलमा फसेको समेत स्पष्ट पारे । थापाले संवैधानिक अंगका प्रमुखहरु माथि नै गम्भीर आरोप–प्रत्यारोप हुनु, एकले अर्कोलाई हिलो छ्यापाछ्याप गर्नुले अहिलेको राज्य व्यवस्था माथि प्रश्न चिन्ह खडा भएको बताउँदै राप्रपालाई मुलुक र जनताले खोजेको वैकल्पिक शक्ति बनाउनको निमित्त महाधिवेशन केन्द्रित भई संगठन निर्माणमा होमिनुपर्ने आवश्यकता रहेको कुरामा जोड दिए । कार्यक्रममा राप्रपा नेताहरु विक्रम थापा, वरिष्ठ अधिवक्ता बिष्णु भट्टराई, इन्द्र चित्रकार, तारा लुइँटेल, डा.जयन्त नाथ खनाल, राजाराम बर्तौला, नवराज सिंखडा लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप