बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राजनीतिक नेतृत्वको चिन्तन परिवर्तन हुन सकेन : उर्जामन्त्री रायमाझी

बुधबार, ०१ वैशाख २०७८, १७ : २२
बुधबार, ०१ वैशाख २०७८

काठमाडौं । उर्जा जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले देशमा व्यवस्था परिवर्तन भए अनुसार राजनीतिक नेतृत्वको चिन्तन, कार्यशैली र संस्कार परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन् । अखिल (छैठौं)ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले व्यवस्था परिवर्तन भएपनि राजनीतिक नेतृत्वहरुमा निरङ्कुश व्यवस्थाको चिन्तन, प्रवृति, संस्कार र संस्कृतिहरू कायमै रहेको बताएका हुन् ।

त्यसको विरुद्धमा अझै लड्नुपर्ने आवश्यकता रहेको पनि बताए । एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा आइसकेपछि विकास र समृद्धिमा सफलता हासिल गर्नुपर्नेमा त्यसो हुन नसकेको बताए । परिवर्तित समाजमा मार्क्सवाद, लेनिनवाद र माओवादका दर्शन विचारहरु महत्वपूर्ण भएपनि आर्थिक, राजनीतिक, समाजिक, सञ्चार, विज्ञान र प्रविधिको विकास भएको आधारमा विचारलाई परिवर्तन गर्न नसक्दा सम्म रुपान्तरण हुन गाह्रो हुने पनि बताए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता देव गुरुङले सामन्तवाद र वैदेशिक उपनिवेशलाई विस्थापन नगरिकन समाजवादी क्रान्ति सम्भव नभएको बताए । अहिले समाजवादको राजनीतिक प्रवृति विस्थापन भएको तर आर्थिक सामाजिक र सांस्कृतिक जराहरु विस्थापन नभएको बताए । संसद विघटनदेखि अदालतबाट दल विभाजन गर्ने काम बाह्य शक्तिकेन्द्रहरुबाट भएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप