शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरलाई हराउँदै एपीएफ फाइनलमा

बुधबार, ०१ वैशाख २०७८, २२ : ३८
बुधबार, ०१ वैशाख २०७८

विराटनगर । विराटनगरमा जारी छैठौं विराट गोल्डकपमा विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाडौं फाइनलमा प्रवेश गरेको छ ।  सहिद मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ लाई  ३–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । 

जितसँगै एपीएफले फाइनल पुग्नका लागि संकटा ब्वाइज स्पोटिङ्ग क्बल काठमाण्डौं र भारतको पञ्जाब पुलिस क्लबको बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । जितका लागि एपीएफका सनिश श्रेष्ठ, रवि थिङ्ग र मणि लामाले गोल गरेका थिए । खेलको सुरूवातमा दुवै टिम आक्रमक देखिए पनि पहिलो हाफको २६ औं मिनेटमा एपीएफका सनिश श्रेष्ठले गोल गरि टिमलाई अग्रता दिलाए । श्याम नेपालीले दिएको क्रस पासलाई सनिशले पेनाल्टी एरियामा गरेको वान टच गोलमा परिणत भयो । खेलको १५ औं मिनेटमा विराटनगरका फ्लोरेन कौराको क्रस पासमा कप्तान दिपक राईले डिबक्स एरियादेखि गोल गर्ने सुन्दर अवसर खेर फाले । खेलको २७ औं मिनेटमा २०७२ को विराट गोल्डकपको उपविजेता एपीएफका खेलाडी श्याम नेपालीले गरेको उत्कृष्ट प्रहार विराटनगरका गोलरक्षक किशोर गिरीले उत्कृष्ट बचाउ गरिदिए ।

पहिलो गोल खाएपछि दबाबमा परेको विराटनगरले पहिलो हाफमा खेल बराबरीमा ल्याउन निकै संघर्ष गर्यो । तर सफल हुन सकेन ।   पहिलो हाफमा १–० गोलले अग्रता लिएको एपीएफले दोस्रो हाफदेखि विराटनगर आक्रमक खेल्यो । खेलको ५३ औं मिनेटमा विराटनगरका विदेशी खेलाडी स्टेपर समीरले डिबक्स एरिया नजिक बललाई होल्ड गरि गरेको प्रहार गोलमा परिणत भयो । समीरले गोल गरेसँगै खेल बराबरीमा ल्याए । विराटनगरले दोस्रो हाफपछि गोल गरि खेल बराबरी ल्याएको १४ मिनेट बित्न नपाउँदै एपीएफका रवि थिङ्गले ६७ मिनेटमा गोल गरि टिमलाई अग्रता दिलाए । श्याम नेपालीले निकालेको क्रस पासलाई रविले जाली चुमाए । 

दोस्रो हाफपछि २–१ अग्रता कायम गरेको एपीएफले दोस्रो गोल गरेको दुई मिनेट बित्न नपाउँदै विराटनगरले ६९ औं मिनेटमा गोल गरि खेल बराबारीमा ल्यायो । विराटनगरका प्रकाश बुढाथोकीले पेलान्टी एरियादेखि वान टच बललाई गोलमा परिणत गराउँदै खेल बराबरीमा ल्याएका हुन् ।

घरेलु दर्शकको साथ र समर्थन पाएको विराटनगरले खेलको ८० र ८३ औं मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीले डिबक्स एरियादेखि गरेको प्रहार बाहिरिँदा थप गोल गर्ने अवसर गुमायो । ९० औं मिनेटको निर्धारित समयसम्म २/२ गोलको खेल बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । थप गरिएको अतिरिक्त समयको २७ औं मिनेटमा एपीएफका मणि लामाले डिबक्स बाहिरदेखि गरेको प्रहार गोलमा परिणत भएको थियो । उनले गरेको गोल टिमको जितको लागि सुनिश्चित भयो ।

विराटनगर पहिलो सेमिफाइनल खेलमा नै हार व्यहोरेपछि छैठौं संस्करणको विराट गोल्डकपको उपाधि चुम्ने सपना चकनाचुर भएको छ । दुवै टिम आक्रामक देखिएपनि डिफेन्स लाइनको कमजोरीमा विराटनगरले हार व्यहोरेको छ ।
खेलको म्यान अफ द म्याच एपीएफको मणि लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए ।  बिहीबारको खेल आरा रारा गोल्डकपका बिजेता संकटा ब्याइज स्पोटिङ्ग क्लब काठमाडौं र भारतको पञ्जाब पुलिस क्लब बीच दोस्रो सेमिफाइनल खेल हुनेछ । संकटाले क्यामरुनलाई १–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि संकटाले पोखरामा सम्पन्न आहा रारा गोल्डको फाइनलमा क्यामरुनलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै उपाधि उचालेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप