बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिकाका राजदूत डा विश्वकर्माद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

बिहीबार, ०२ वैशाख २०७८, १० : ००
बिहीबार, ०२ वैशाख २०७८

दक्षिण अफ्रिकाका लागि नेपाली आवासीय राजदूत डा. निर्मल कुमार विश्वकर्माले त्यहाँका राष्ट्रपति इरिल रामाफोसा समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन् । एक  समारोहका बीच आयोजित कार्यक्रममा दक्षिण अफ्रिकाका परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू उपस्थिति  थियो ।

उक्त अवसरमा राजदूत विश्वकर्माले राष्ट्रपति विद्यादेवी भण्डारीको त्यहाकाँ राष्ट्रपति​ र अफ्रिकी जनताप्रतिको शुभकामना सन्देश प्रवाह गरेका थिए ।

कार्यक्रममा दक्षिण अफ्रिकाका राराष्ट्रपति​ इरिल रामाफोसाले राजदूत विश्वकर्मालाई स्वागत गरेका थिए ।

त्यस अगाडि राजदूत डा. विश्वकमालाई गार्ड अफ अनर प्रदान गरिएको थियो ।

राजदूत विश्वकर्माले दक्षिण अफ्रिकाका पुगेर कार्यभार सम्हालेको एक हप्तामा ओहोदाको प्रमाण पत्र प्रस्तुत गरेका हुन् । 

गत फागुन ११ गते राष्ट्रपति भण्डारीले  विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप