बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा एकैदिन २ लाख संक्रमित, बंगलादेशमा कडा लकडाउन

बिहीबार, ०२ वैशाख २०७८, ११ : ४५
बिहीबार, ०२ वैशाख २०७८

भारतमा कोरोना भाइरसको कहर अहिलेसम्मकै उच्च देखिएको छ । बुधबार एकै दिन झन्डै २ लाखजना पोेजेटिभ देखिएका हुन् ।

त्यस्तै, मृत्युको घटना पनि लगातार बढ्दैछ । भारतको स्वास्थ मन्त्रालयका अनुसार बुधबार अहिलेसम्मकै सर्वाधिक १ लाख ९९ हजार ५ सय ६९ जनामा संक्रमण देखियो । महामारी सुरु भएयता यति ठूलो जनसंख्यामा एकैदिन संक्रमण पुष्टि भएको यो पहिलोपटक हो । त्यस्तै, स्वास्थ मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३७ जनाको ज्यान गएको छ । भारतमा कुल संक्रमितको संख्या १ करोड ४० लाख ७० हजार ३ सय पुगेको छ । यता, निको हुनेको दर झरेर ८९ दशमलव ५१ प्रतिशतमा पुगेको छ ।

अहिलेसम्म महामारीबाट १ लाख ७३ हजार १ सय ५२ जनाले ज्यान गुमाइसकेका छन् । उपचाररत व्यक्तिहरुको संख्या पनि बढेको छ । अहिले भारतमा १३ लाख ६५ हजार ७ सय ४ जनाले उपचार गराइरहेका छन् ।

भारतको राजधानी दिल्लीमा एकैदिन १७ हजारमा कोरोना संक्रमण देखिएको छ । महाराष्ट्रमा योभन्दा खराब अवस्था छ । यहाँ बुधबार एकैदिन ५८ हजार ९ सय ५२ जनामा संक्रमण देखिएको छ, त्यसमध्ये २ सय ७८ जनाले ज्यान गुमाएका छन् ।

बंगलादेशमा कडा लकडाउन

बंगलादेशमा बुधबार बिहानबाट लकडाउन लागु भएपछि ढाका शहर सुनसान बनेको छ । यहाँ, कोरोनाका कारण अस्पतालमा बिरामी राख्ने ठाउँको समेत अभाव भइसकेको छ । पछिल्लो साता यहाँ दैनिक ७ हजारको हाराहारीमा मानिसहरु संक्रमित भइरहेका छन् । त्यहीकारण सरकारले बुधबारदेखि लागु हुनेगरी ८ दिनका लागि लकडाउन घोषणा गरेको हो । यहाँ सक्रिय संक्रमितको संख्या १ लाखभन्दा धेरै छ । १६ करोड ८० लाख हाराहारीको जनसंख्या रहेको बंगलादेशमा अहिलेसम्म कुल ६ लाख ८४ हजार ७ सय ५६ जनामा संक्रमण देखिइसकेको छ । ९ हजार ७ सय ३९ जनाले ज्यान गुमाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप