केन्द्रीय संस्करण

बाल मस्तिष्कका लागि थप्पड पनि गम्भीर हिंसाः पिट्दा खतराको समयमा बच्चाको निर्णय लिने क्षमतामा असर

person explore access_timeबैशाख २, २०७८ chat_bubble_outline0

नेपालमा घर वा स्कूलमा बालबालिकामाथि कुटपिट गर्नु सामान्य मानिन्छ । धेरैजसो मानिसहरु बच्चालाई कुटेर नै संस्कारी बनाउन चाहन्छन् । साथै पढाउन र अनुशासित बनाउन कुटाइलाई एउटा माध्यमको तरिका मानिन्छ । तर यसलाई साधारण कुरा ठान्ने आमा–बुवा, अभिभावक र शिक्षक, शिक्षिका अब अलर्ट हुनुहोस् ।

हार्वर्डमा हालै भएको एक अनुसन्धानमा सामान्य पिटाइले पनि बच्चाको दिमागमा हिंसाका अन्य तरिका झैं गहिरो असर पार्छ । सहज शब्दमा भन्ने हो भने बाल मस्तिष्कका लागि थप्पड पनि उनीहरुमाथि भएको कुनै प्रकारको गम्भीर हिंसा जस्तै हुन्छ ।

चाइल्ड डेभलपमेन्ट जनरलमा प्रकाशित यो अनुसन्धानका अनुसार पिटाइ खाने बच्चाको दिमागले कुनै खतराको सामना गर्नुपर्दा उसले आफूमाथि भएको दुर्व्यवहार नै ठान्छ र सही निर्णय लिन सक्दैन ।

बच्चालाई नितम्बमा हिर्काउनु र उनीहरुमाथि गम्भीर कुटपिटको अन्तर, तर मस्तिष्कमाथि एकै खालको असरः

यहाँ यो बुझ्न आवश्यक छ कि बच्चामाथि कुटपिटको अर्थ उनीहरुमाथि हुने गम्भीर हिंसा होइन जसमा उनीहरुलाई चोट पुर्याउने नियतले नराम्रोसँग लात्ती–मुक्का वा कुनै हतियारले पिट्नु सामेल हुन्छ ।

यहाँ पिट्नुको अर्थ घर वा स्कूलमा हुने साधारण कुटपिटले जस्तै थप्पड हान्नु, लट्ठी वा रुलरले कुट्ने, पिठ्यूँमा वा नितम्बमा कुट्नु आदि । अंग्रेजीमा यसका लागि विशेष शब्द ‘स्पाङ्किङ’ प्रयोग गरिन्छ ।  यद्यपि, यो अनुसन्धानका अनुसार बच्चाको मस्तिष्कमा दुबैको असर एकै किसिमको हुन्छ ।

हार्वर्डका अनुसन्धाताका अनुसार जुन बच्चालाई कुटिन्छ, उनीहरुको मस्तिष्कको प्रिफन्टल कर्टेक्सका थुप्रै हिस्साको तन्त्रिका निकै तीब्र प्रतिक्रिया गर्छ । अर्थात्, ती हिस्साको न्यूरल रेस्पोन्स बढी हुन्छ ।

यसमा ती हिस्सा पनि समावेश हुन्छन् जुन आसपास कुनै प्रकारको खतरा हुँदा हाम्रो प्रतिक्रियालाई निश्चित गर्छ । यसमा निर्णय लिने र स्थितिमाथि विचार गर्ने प्रक्रियामा गहिरो असर पर्छ ।

अनुसन्धानले भने, ‘धेरैजसो मानिसहरु बच्चाको कुटपिटलाई हिंसा मान्दैनन्

यो शोधका वरिष्ठ अनुसन्धाता तथा डिपार्टमेन्ट अफ साइकोलोजीका असोसिएट प्राध्यापक केटी ए म्याकलाघिन भन्छन्, ‘हामी यो त राम्रोसँग थाहा छ कि जुन बच्चाको परिवार शारीरिक दण्डको प्रयोग गर्छन्, उनीहरु चिन्ता, डिप्रेशन, व्यवहार सम्बन्धी समस्या र मानसिक स्वास्थ्यसँग सम्बन्धित अन्य समस्या जन्मने सम्भावना बढी हुन्छ । तर धेरैजसो मानिसहरु बच्चालाई कुटपिटलाई हिंसा मान्दैन । यो अनुसन्धानमार्फत् हामी यो जान्न चाहन्थ्यौं सक बच्चाको पिटाईको न्यूरो बायोलोजिकल असर के हुन्छ, विशेषगरी मस्तिष्कको विकासमा ।’

चिन्ता, डिप्रेशन र ड्रग्सको लतको शिकार हुन्छन् बच्चाः

अनुसन्धानका अनुसार करपोरल पनिसमेन्ट अर्थात् शारीरिक दण्ड मानसिक स्वास्थ्यसँग सम्बन्धित छ । यसका कारण बालबालिका चिन्ता, डिप्रेशन, व्यवहार सम्बन्धि समस्या वा लागुऔषधको लतको शिकार हुन्छन् ।

मेकलाघिन र उनका साथी अनुसन्धाताले ३ देखि ११ वर्षका बच्चामाथि गरिएको एउटा ठूलो अनुसन्धानको डाटा विश्लेषण गरे । उनी १४७ यस्ता बच्चामाथि केन्द्रित भए जसमाथि सामान्य कुटपिट त भएको थियो तर उनीहरुले कुनै प्रकारको गम्भीर हिंसाको सामना गर्नुपरेको थिएन ।

यसरी भयो अनुसन्धान... एमआरआई मेसिनमा बच्चालाई देखाइयो भयभित अनुहार

हरेक बच्चालाई एमआरआई मेसिनमा सुताएर कम्प्युटर स्क्रिन देखाइयो । उक्त स्क्रिनमा डरलाग्दो र सामान्य अनुहार बनाउने कलाकारका भिन्न भिन्न तस्बिर देखाइए ।

एमआरआई स्क्यानरबाट यी तस्बिर हेर्दा बच्चाको मस्तिष्कका भिन्न भिन्न हिस्सामा हुने प्रतिक्रिया हेरियो ।

औसतमा सबै बच्चाको मस्तिष्क सामान्य अनुहारको तुलनामा डरलाग्दो अनुहार आउँदा बढी सक्रिय देखिए तर जुन बच्चाको पिटाइ हुन्थ्यो उनीहरुको प्रिफ्रंटल कटेक्स (पीएफसी) का थुप्रै क्षेत्र निकै बढी सक्रिय देखिए । अर्कोतर्फ जुन बच्चामाथि कहिल्यै कुटपिट भएको थिएन उनीहरुको पीएफसीमा यस्ता प्रतिक्रिया आएनन् ।

यसको ठिक विपरित घर वा स्कूलमा सामान्य पिटाई खाने बच्चा र गम्भीर दुर्व्यवहार झेल्ने बच्चाको मस्तिष्कको प्रतिक्रियामा कुनै अन्तर थिएन ।

हामीले बच्चामाथि गरिने साधारण कुटपिट, अन्य प्रकारको हिंसा वा गम्भीर दुर्व्यवहारभन्दा भिन्न छ भनेर सोच्छौं तर बाल मस्तिष्कलाई यी दुबैले बराबर असर पार्छन् ।

अनुसन्धानका अनुसार यो निकै साधारण लाग्ने कुटपिट अर्थात् स्प्याङ्किङको बच्चाको मस्तिष्कको विकासमा पर्ने प्रभावको विश्लेषणको दिशामा पहिलो कदम हो । यो दिशामा थप काम गर्न आवश्यक भएको अनुसन्धानकर्ता बताउँछन् ।

कर्पोरल पनिस्मेन्टको हरेक बच्चामा भिन्न भिन्न असरः

करपोरल पनिस्मेन्ट अर्थात् शारीरिक दण्डले हरेक बच्चामा एउटै किसिमको असर पार्दैन तर यस्ता बच्चाले कुनै खतराको सामना गर्दा तत्काल प्रतिक्रिया दिन सक्दैनन् ।

अनुसन्धानका अनुसार शारीरिक दण्ड बच्चाको विकासका लागि एक जोखिम हो त्यसैले आमा–बुवा र नीति निर्माताले यो बानी वा तरिका रोक्ने दिशामा काम गर्नुपर्छ ।

कुटपिटको असरबारे थप अनुसन्धान आवश्यकः

विशेषज्ञका अनुसार बच्चालाई हल्का–फुल्का कुटपिट गर्नु पनि उनीहरु माथि हिंसा हो । बालकालिकामाथि कुटपिट पनि अन्य शोषणभन्दा कम होइन । कुटपिटको बालबालिकामाथि गहिरो असर, यो कुरामा थप अनुसन्धान आवश्यक ।

अनुशासनको नाममा पनि बालबालिका कुटपिटमाथि रोक

कन्भेन्सन अन द राइट्स अफ द चाइल्ड २००६ मा बच्चाको हरेक प्रकारको हिंसाबाट सुरक्षा दिनुपर्ने कुरा गरिएको छ । कन्भेन्सनमा बच्चालाई अनुशासित गर्नका लागि कुनै पनि प्रकारको सजायको कुरा गरिएको छैन । यो कन्भेन्सनकै कारण संसारभरीका १६८ देशमा बालबालिकालाई मृत्युदण्ड दिइँदैन ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.