शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चट्टानलाई हराएर टाइगर बने च्याम्पियन

बिहीबार, ०२ वैशाख २०७८, १२ : १४
बिहीबार, ०२ वैशाख २०७८

रिङ रेस्लिङअन्तर्गत आरडब्लु समर स्ल्याममा नुवाकोट टाइगरले बुधबार हेभी वेटमा चट्टानलाई हराएका छन् । उनले २० हजार नगद पुरस्कार जिते ।

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको प्रतियोगिताको हार्ड कोरमा थगुले द युग तथा त्रिपल सेटमा जेनिकाले तनु र दिलाशालाई हराए । थगुले १५ हजार तथा जेनिकाले १० हजार नगद पुरस्कार प्राप्त गरे ।

नुवाकोटको शिवपुरीस्थित सूर्यचौरमा भएको प्रतियोगिताको लाइट हेभी वेटमा साइनले डेविडलाई पाखा लगाए भने लाइट वेटमा एस हिरोले सीजे वल्र्डमाथि जित रचे । साइन १२ हजार तथा हिरो ८ हजार नगदबाट पुरस्कृत भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेपकी सदस्य समेत रहेकी आयोजक संघकी महासचिव सुवर्णाकेशरी श्रेष्ठ, शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

एकदिने प्रतियोगितामा ११ रेस्लर सहभागी थिए । प्रतियोगितामा विकास खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप