शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लन्डनमा लागू औषधको कारोबार संलग्न रहेको आरोपमा एक नेपाली पक्राउ

शुक्रबार, ०३ वैशाख २०७८, ०६ : ५५
शुक्रबार, ०३ वैशाख २०७८

लण्डन । लण्डनमा लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा एक  एक नेपाली पक्राउ परेका छन् । 

साउथइस्ट लण्डनस्थित प्लमस्टिड हर्बर्ट रोड बस्ने ३३ बर्षीय अमित अधिकारी हेरोइन र क्रयाक कोकिन आपूर्तिको अभियोगमा पक्राउ परेका हुन् । 

उनका साथमा लन्डनस्थित स्प्रिंगफिल्ड ग्रोभ चर्ल्टन बस्ने १९ बर्षीय समातर शर्माइकेलाई पनि पक्राउ गरिएको न्यूज शोपरले जनाएको छ ।

उनीहरुलाई गत शुक्रबार ९ अप्रिलका दिन नियमित गस्तीमा खटिएका इन्स्टिच्युट रोड नजिक लागू औषध कारोवार गरिरहेको अवस्थामा भेटेको  समाचारमा उल्लेख छ ।  

आरोपित दुवै जनालाई गत १२ अप्रिलमा मिडवे म्याजिस्ट्रेट कोर्टमा उपस्थित गराइएको थियो । हाल हिरासतमा रहेका ति दुई युवालाई आउँदो मे १० मा मेडस्टोन क्राउन कोर्टमा उपस्थित गराइने समाचारमा उल्लेख छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप